हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीमा जंगली हात्तीको आक्रमणबाट घर र गोठमा क्षती भएको छ । मनहरी आइतबार राती ८ बजेर ३० मिनेटको समयमा जंगली हात्तीको आक्रमणबाट स्थानीय टल्के चेपाङको घर पूर्णरूपमा क्षति भएकोे छ भने स्थानीय राम बहादुर तामाङको गोठ आंशिकरूपमा क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

जंगली हात्तीको आक्रमणबाट चेपाङको जस्ता र ढुंगा–माटोले बनेको एक तले घरमा आक्रमण गर्दा घर पूर्णरूपमा क्षति भएको र रातिनै स्थानीय तामाङको गोठमा आक्रमण गर्दा गोठमा आंशिकरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । जंगली हात्तीलाई प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ धपाइएको प्रहरीले जनाएको छ । जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गएको मंगलबार पनि जंगली हात्तीको आक्रमणबाट स्थानीय जमुना कुमारी अधिकारीको घर सामान्य क्षती भएको थियो ।