हेटौंडाः पदमपोखरी अस्पतालको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३७ जनाले जाँच गरेका छन् । बिहीबार हेटौंडा–१३, पदमपोखरीमा महिलाहरुको लागि निःशुल्क स्तन क्यान्सरसम्बन्धी स्क्रिनिङ हुँदा ३७ जनाले स्वास्थ्य जाँच गराएको अस्पतालका सिनियर अहेव शेरबहादुर ब्लोनले जानकारी दिनुभयो ।
ब्लोनका अनुसार जाँच गराएका ३७ जनामध्ये डाक्टरहरुले ५ जनामा क्यान्सरको शंका गरेका छन् । क्यान्सर पुष्टि हुन अभैm थप प्रक्रिया हुने उहाँले बताउनुभयो । ५ जनाबाहेक अरुमा सामान्य देखिएको छ ।
स्वास्थ्य शिविरमा हेटौंडा–१० र १२ का बासिन्दाहरु पनि जाँच गर्न आएका छन् । पदपोखरीको स्वास्थ्य चौकीमा भएको शिविरमा भरतपुर क्यान्सर अस्पतालका २ जना डाक्टर तथा थप स्वास्थ्य टिमले सेवाग्राहीलाई सेवा दिएको थियो । अस्पतालले वडाका महिनाहरुले आप्mनो स्वास्थ्यको बारेमा जानकारी तथा निःशुल्क उपचार पाउन् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको थियो ।
ब्लोनका अनुसार शनिबार पनि शिविर हुने भएकाले मानिसहरु कम आएका हुन् । शनिबार लायन्स क्लब अफ काठमाडौं, तारकेश्वरको आयोजनामा शिविर हुने भएको छ । सनराइज बोर्डिङ स्कूल पदमपोखरीको भवनमा हुने वृहत् स्वास्थ्य शिविमा रक्तदान, उच्चरक्तचाप, मधुमेह परीक्षणका साथै महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी परीक्षण हुनेछ ।
शिविरमा नेपाल क्यान्सर अस्पताल, नेपाल अनुसन्धान रिसर्च र सहयोगी हातहरुका १३ जनाको टोलीले सेवा प्रदान गर्नेछन् ।
विद्यालयले शिविरमा ९ सय जनाको सहभागिता हुने अपेक्षा गरेको छ । वडामा कति रोगी छन् पत्ता लगाउन र वडाका बासिन्दाले सेवा पाउन् भन्ने उद्देश्यले शिविर आयोजना भएको हो । निःशुल्क शिविर सनराइज बोर्डिङ स्कूलको सहकार्यमा हुनेछ ।