हेटौँडाः हेटौँडा–काठमाडौं छोटोमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डको जुरिखेतमा मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा–३ का विकल सारु मगरको मृत्यु भएको छ । बुधबार राती ८ बजेर ५५ मिनेटको समयमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०२–००८ प ४२४० नम्बरको बुलेट मोटरसाइकल भीमफेदी–६, जुरिखेतमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका २५ वर्षीय विकलको उपचारको क्रममा हेटौँडा अस्पतालमा बुधबार राती ११ बजेर ४७ मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–९ का २४ वर्षीय प्रशान्त गिरी भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।











