हेटौंडाः लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले हेटौंडा–११ थानाभ¥याङबाट २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ जिल्ला घर भई हाल सर्लाही जिल्लाको मलंगवा नगरपालिका–४ बस्ने ३० वर्षीया मनिषा लिम्बु र ३९ वर्षीया शान्ति लिम्बु रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
सोमबार विशेष सुचनाको आधारमा प्रहरीले काठमाडौंबाट महोत्तरी गौशालातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४४८९ नम्बरको बसलाई थानाभर्याङमा रोकी सुरक्षाजाँच गर्दा लागुऔषध गाँजा फेला पारेको हो । उनीहरुको साथबाट प्रहरीले १५ किलो लागुऔषध गाँजा फेला पारेको जनाएको छ । लागुऔषध गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।