हेटौँडा–५, अब्बलडाँडामा मर्मत गर्नुअघि जोखिमपूर्ण अवस्थाको सडक (बायाँ) र मर्मतपछिको सडक (दायाँ) ।

हेटौँडाः सडक पूर्वाधार जोखिमपूर्ण भएको भनी सार्वजनिकरुपमा ध्यानाकर्षण गराएपछि हेटौँडा उपमहानगरपालिकाले मर्मत सम्भारको कार्य गरेको छ । एकसाताअघि सामाजिक सञ्जालमार्फत हेटौँडा–५, अब्बलडाँडामा सडकको बीचभागमा खाल्डो परेको, ढलको छाप्ने भागमा खाल्डो भएको भनी उपमहानगरको ध्यानाकर्षण गराइएको थियो ।

सार्वजनिकरुपमा ध्यानाकर्षण गराउने क्रममा सार्वजनिकरुपमा उपमहानगरको आलोचना पनि भएको थियो । नागरिकस्तरबाट ध्यानाकर्षणका साथै तीव्र आलोचनाभएपछि सडक मर्मतको कार्य भएको छ । महिनौंदेखि सडक जोखिमपूर्ण अवस्था रहे पनि स्थानीय सरकारको ध्यान जान सकेको थिए । मर्मत गर्ने क्रममा कामको गुणस्तरमा पनि ध्यान दिएको देखिन्छ ।