हेटौँडाः हेटौँडा–१६, पानीस्वाँरामा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे ३ बजेको समयमा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर व्याक गर्ने क्रममा आफैं अनियन्त्रित भई पानीस्वारा भिरबाट झण्डै ३०० मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्टर चालक बारा जिल्लाको निजगढ नगरपालिका–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार हेटौँडा–१६, पानीस्वाँराका ५६ वर्षीय जित बहादुर थिङ रहेको प्रहरीले जनाएको छ । दुबैजनाको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।