सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा मोटरसाईकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बिहिबार दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मकवानपुरगढी–२ धवाडीपुलबाट तल खस्दा मकवानपुरगढी–२, कुर्लेपाखाकी ३४ वर्षीया रुपा स्याङ्तान र रुपाकी ५ महिनाकी छोरीको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी रुपाकी श्रीमान् ३५ वर्षीय भिम बहादुर स्याङ्तानको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

भिम बहादुरको टाउकोमा चोट लागेको छ । भिम बहादुरलाई हेटौँडा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।