रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश समितिको आयोजनामा बिहिबार बिहान हेटौँडा बजारको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान तथा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।

यसअघि बिहिबार बिहानै कर्मचारी मिलन केन्द्र मकवानपुरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कर्मचारी मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाले प्राविधिक सहयोग गरेको थियो ।