सांकेतिक चित्र ।

हेटौंडाः हेटौंडामा गोबर ग्याँसको ट्याङ्कीमा चुरोट सल्काउन खोज्दा आगलागी भएर एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–६, हात्तिलेटका २६ वर्षीय समीत राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

आइतबार दिउँसो १ बजेर ५ मिनेटको समयमा राई छिमेकीको गोबर ग्याँसको ट्याङ्की सफा गर्ने क्रममा ट्याङ्कीभित्र बसेर आफै चुरोट सल्काउन खोज्दा अचानक शरिरमा आगोलागी भएको जनाएको छ । आगलागीबाट राईको शरीरको विभिन्न भाग जलेको छ । आगलागीबाट घाइते राईलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको जनाएको छ ।