हेटौंडाः मकवानपुर जिल्लाकै अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरको ३३६ औं नियमित साहित्य सन्ध्या शनिबार सम्पन्न भएको छ । नियमित साहित्य सन्ध्यामा बालपुस्ताका नवसर्जक ऋत्विक केबी र समर्पण न्यौपानेले कविता वाचन गरेका छन् ।
ऋत्विक र समर्पणले समान ३÷३ वटा कविता वाचन गर्नुभएको थियो । ऋत्विकले आमा, समय, र प्रेत आत्मा शिर्षकका कविता वाचन गर्नुभयो भने समर्पणले चोमोलुङ्मा, सगरमाथा र एभरेष्ट, टेबलमुनि के छ र इतिहास र मान्छे शिर्षकका कविता वाचन गर्नुभयो । नियमित सन्ध्यामा ऋत्विक र समर्पणको कवितासँगै अन्य साहित्यकारले पनि रचना वाचन गरेका थिए ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा तथा अग्रज साहित्यकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न नियमित साहित्य सन्ध्यामा साहित्यकारहरु निमेष निखिल, श्याम कुमार बानियाँ, भावना सापकोटा, छवि सुवेदी, मसान उपासक, संप्रस पौडेल, किशन पौडेल, देवराज खरेल, लगायतको उपस्थिति थियो ।