हेटौंडाः बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी बहादुरसिंह लामाले पाउनुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेल वैदेशिक भ्रमणमा जाने भएपछि उहाँले आर्थिक मामिला तथा योजना मन्त्री लामालाई कार्यवाहक दिनुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले कात्तिक ४ गतेदेखि नफर्किएसम्मका लागि लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेर प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री लामालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो । मुख्यमन्त्री जमकट्टेल कात्र्तिक ४ गते वैदेशिक भ्रमणमा जाने तयारीमा रहेको सचिवालयले जनाएको छ ।