हेटौंडाः हेटौंडामा सञ्चालनमा रहेको सुपथ मूल्यको पसलमा नुन मात्र बिक्रिमा रहेको छ । सरकारले चाडपर्वलक्षित सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो ।
हेटौंडाको औद्योगिक क्षेत्रभित्र रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालन गरेको सुपथ मूल्य पसलमा भने नुन मात्र बिक्रीमा रहेको छ । प्रतिकिलो १८ रुपैयाँका दरले एकजनालाई ६ किलोेसम्म बिक्री गर्दै आएको छ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने भने तापनि हेटौंडाको सुपथ मूल्य पसलले नुन मात्रै बेच्दै आएको छ ।