तस्बीरः गुगल ।

हेटौंडाः मकवानपुरगढीमा जारी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा मंगलबार ८ खेल सम्पन्न भएको छ । मकवानपुरगढी–३ स्थित भानु मिनीपिचमा गढी स्टार क्लबको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा छैटौं संस्करणको गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटसल प्रतियोगिता भइरहेको हो ।

मंगलबारको पहिलो खेलमा देवीडाँडा युवा क्लबले वडा नं. ८ लाई ६–२ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा चन्द्रसूर्य युवा क्लबले खेलकुद विकास समितिलाई ९–० गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा प्रतिभा युवा क्लब ‘बी’ले नागरिक सचेतना क्लबलाई ९–० गोल अन्तरले पराजित गरेको हो ।

चौथो खेलमा सौजन्य युवा क्लबले सनराइज स्पोर्टस् क्लबलाई ११–१ गोल अन्तरले पराजित गरेको छ । पाँचौ खेलमा उद्यमशील नेपालले खेलकुद विकास समितिलाई १०–० गोल अन्तरले पराजित गरेको छ । छैटौं खेलमा गढी स्टार क्लबले र नवजागृति युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । सातौं खेलमा देवीडाँडा युवा क्लबले र सेर्गे गुम्बा युवा क्लबलाई ५–३ गोल अन्तरले पराजित गरेको छ भने आठौं खेलमा खेलकुद समितिले इन्क्रोटर युवा क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा १८ वटा टिमहरु सहभागी रहेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।