उपाधीसाथ भ्याव्सन क्रिकेट ब्लकका खेलाडीहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजनामा भएको क्रिक्सल प्रतियोगिताको उपाधी भ्याव्सन क्रिकेट क्लबले जितेको छ । सोमबार राती हेटौँडा–४ स्थित कमलडाँडा फुटसल कोर्टमा भएको फाइनल खेलमा भ्याव्सन क्रिकेट क्लबले द हिटर्स क्लबलाई १६ रनले पराजित गर्दै उपाधी जितेको हो ।

टस जितेर व्याटिङमा उत्रिएको भ्याव्सन क्लबले ६ ओभरमा ४ विकेट गुमाएर ५४ रनको लक्ष्य दिएकोमा द हिटर्स क्लबले ६ ओभरमा ३ विकेट गुमाएर ३८ रन मात्र जोड्न सफल भयो । प्रतियोगिताको उपाधी विजेता भ्याव्सनले २५ हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै भ्याव्सन क्लबका शुभ कंशाकार प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले ट्रफि तथा प्रमाण–पत्र प्राप्त गरेका छन् । प्रतियोगिताका संयोजक निरज सिंह ठकुरीको अध्यक्षता तथा वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती प्रदेश क्रिकेट संघको उपाध्यक्ष प्रेम क्षेत्री, वडा सदस्य जेन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।