सुरक्षाजाँच गर्दै तालिमप्राप्त कुकुर ।

हेटौंडाः हेटौंडामा तालिम प्राप्त कुकुरसहित विशेष सुरक्षाजाँच सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी सोमबारबाट पूर्व–पश्चिम सडकखण्डस्थित हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा बागमती प्रदेश प्रहरी कार्यालय केनाईन (डग शाखा), ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेको संयुक्त टोलिले सुरक्षाजाँच सुरु गरेको हो ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी मकवानपुर जिल्लामा प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनहरुमा प्रतिबन्धित बस्तुहरु पट्का, लागु औषध, भन्सार छलिका सामानहरु लगायत अन्य विस्फोटक पदार्थहरु समेत ओसार–पसार हुन सक्ने भएकोले तालिम प्राप्त कुकुरसहितको विशेष सुरक्षाजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।