सालकको खपटासहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गर्दै मनहरी प्रहरी ।

हेटौंडाः सालकको खपटासहित तीन जनालाई ईलाका प्रहरी कार्यालय मनहरीले बिहिबार पक्राउ गरेको छ । बिहिबार दिउँसो ३ बजेको समयमा मनहरी बजारक्षेत्रबाट उनीहरुलाई ६५० ग्राम सालकको खपटासहित पक्राउ गरिएको मनहरी प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको सालकको खपटा ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीका ३२ वर्षीय लाल सिं बम्जन, मकवानपुरकै मनहरी गाउँपालिका–७, रमनटारका ३९ वर्षीय अबमिकल घलान र चितवन जिल्लाको राप्ती नगरपालिका–७ का ४४ वर्षीय बुद्ध चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।