हेटौंडाः आज विश्व वातावरण दिवस । विश्व वातावरण दिवसको अवसरमा हेटौंडा जेसीजले वृक्षरोपण गरेको छ । हेटोंडा–२, सिचाइँ टोलस्थित मुक्तेश्वर मन्दिर परिसरमा धुपि, आँप, लिचि र कागति लागायतका ११ बिरुवा रोपिएको हेटौंडा जेसीजका अध्यक्ष राजदेव बनियाँले जानकारी दिनुभयो ।
११ जना सदस्यहरुले १-१ विरुवा रोपिएको उहाँले बताउनुभयो । विश्व वातावरण दिवसका अवसरमा उहाँले आजका दिन जैविक विविधताको संरक्षण गर्नुपर्ने बताउनुभयो । हरेक एक व्यक्तिले कम्तीमा एक बिरुवा रोपेर त्यसलाई हुर्काउनुपर्ने उहाँको धारणा छ ।