हेटौंडाः हेटौंडा–५, सानोपोखरास्थित सिद्धार्थ शिशु सदन माविमा रहेको युवा रेडक्रस कार्यसमितिका पदाधिकारीलाई डेंगु ज्वरोको संक्रमणबाट बच्ने उपायबारे जानकारी गराइएको छ ।
विद्यालयले मंगलबार आयोजना गरेको कार्यक्रममा युवा रेडक्रसका नवगठित कार्यसमितिका पदाधिकारीलाई डेंगु रोग र संक्रमणको जोखिम सम्बन्धमा जानकारी गराइएको विद्यालयका शिक्षक सुन्दर लुइटेलले बताउनु भयो । युवा रेडक्रस सर्कलका अध्यक्ष नवीन गोलेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल निर्मल पराजुलीको पनि उपस्थिति रहेको थियो ।