गुगल तस्विर ।

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ नवदुर्गाचोकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही मलंगवा नगरपालिका–१२ घर भई हाल नवदुर्गाचोकमा डेरा गरी २३ वर्षीय रामु यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शनिबार मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर यादव घाईते भएका थिए । घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।