हेटौँडाः हेटौँडा–५ स्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले नयाँ सञ्चालक समिति गठन गरेको छ । सञ्चालक समितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि जानकी चौधरी सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, कोषाध्यक्षमा शशिकर पाण्डे, सहसचिवमा पदमबहादुर बजगाई र सहकोषाध्यक्षमा ईश्वरी पोखरेल चालिसे सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै सदस्यमा सञ्जीव श्रेष्ठ, देवबहादुर बुढाथोकी, खोमराज श्रेष्ठ, अञ्जना नेपाल, रिता दवाडी ठकुरी, रामकुमार विष्ट, गोपाल कार्की र सरस्वती दाहाल चयन हुनुभएको छ । यस्तै लेखा समितिको संयोजकमा राजुकुमार प्रधान, सदस्यमा केशव श्रेष्ठ र सन्तोष पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । सचिवमा विनोद पुडासैनी निर्वाचित हुनुभएको छ । सचिवकी आकांक्षी जानुका सञ्जेललाई पराजित गर्दै पुडासैनी निर्वाचित हुनुभएको हो ।
निर्वाचन कार्यक्रमअघि सहकारीकी अध्यक्ष जानकी चौधरीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । साधारणसभाको अवसरमा सहकारीले ज्येष्ठ सेयर सदस्य, असल बचतकर्ता, असल ऋणी, सेयर सदस्यका परिवारबाट कक्षा–८ र एसईई र कक्षा १२ मा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थी, सेयर सदस्य दम्पत्तिलाई पनि सम्मान गरिएको छ ।
साधारणसभामा कोषाध्यक्ष शशिकर पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष पाण्डेले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ३ करोड २९ लाख रुपैयाँ सेयर पुँजी भएको सहकारीले २४ करोड ९६ लाख रुपैयाँ बचत संकलन गरेको उल्लेख गर्नुभयो । सहकारीले २३ करोड ६६ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।