हेटौंडाः हेटौंडा–२ स्थित ज्ञानोदय बालबाटिका एकेडेमीमा शुक्रबार विद्यार्थीलाई प्रेरणा कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समिटतिको आयोजनामा प्रेरणा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रेरक वक्ता रवि किरणले २ घण्टा विद्यार्थीलाई प्रेरणा जगाउने कुरा गर्नुभएको थियो । कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई हौसला प्रदान गर्न र विद्यार्थीको आत्मबल बढाउन प्रेरणा कार्यक्रम गरेको विद्यालयका प्रिन्सिपल विन्दुगोपाल गोर्खालीले बताउनुभयो । कार्यक्रममा विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा मित्रभाव, गुरुहरुप्रति सम्मान भाव र आमाबुबालाई इज्जत गर्ने भावनाको विकास गराउने प्रिन्सीपल गोर्खालीले बताउनुभयो ।