प्रतियोगिताको तयारी पूरा भएको विषयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ।

हेटौंडाः हेटौंडामा आज तेस्रो मिस्टर मकवानपुर प्रतियोगिता हुँदैछ । प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नेपाल शारीरिक सुगठन एवम् फिटनेस संघ मकवानपुरको आयोजनामा हुन लागेको हो । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मिस्टर मकवानपुर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

संघका अध्यक्ष राजेश भेटवालले प्रतियोगितामा ६ जना महिला र ४० जना पुरुषको सहभागिता हुने जानकारी दिनुभयो । संघका सचिव पासाङ लामाका अनुसार मकवानपुर जिल्लामै पहिलो पटक ४० वर्षभन्दा माथि उमेर समुहका व्यक्तिहरुको पनि सहभागिता रहने छ । प्रतियोगितामा ५५ केजीदेखि ७५ केजी तौलसम्मको खेलाडीहरुको सहभागिता हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा ५० केजीदेखि ६० केजी, ६० देखि ७० केजी, ७० देखि ७५ केजी तौलसमूहका खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथमले १ लाख रुपैयाँ, द्वितीयले ५० हजार रुपैयाँ र तृतीयले ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा करिब १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।