हेटौँडाः पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले १ लाख २१ हजार बराबरको अवैध सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बिहीबार दिउँसो १ बजेको समयमा प्रहरीले वीरगंजबाट हेटौँडा आउदै गरेको ना ६ ख १२६२ नम्बरको यात्रु बाहक बसलाई सुरक्षा जाँच गर्दा बसको पछाडि डिक्किमा लुकाई छिपाई ल्याएकोे चिनि ७ बोरा (प्रति बोरा ५० किलोका दरले) र साडि ९० थान बरामद गरेको थियो । अवैध सामान नियन्त्रणमा लिई बसलाई गन्तव्य तर्फ पठाएको प्रहरीले जनाएको छ ।