हेटौंडाः हेटौंडा फुटसल स्पोर्टस् सेन्टरको आयोजनामा हेटौंडामा पहिलो पटक २ दिने ओपन फुटसल कप २०२३ हुने भएको छ । स्पोर्टस् सेन्टरले एक सूचना जारी गर्दै आज शुक्रबारदेखि कमलडाँडा फुटसल मैदानममा प्रतियोगिता हुने जानकारी गराएको हो ।
हेटौंडामा एउटामात्र फुटसल मैदान भएकाले प्रतियोगितात्मक गतिविधि कम भइरहेको भन्दै प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । फुटसललाई प्रवद्र्धन गर्ने, युवा वर्गलाई खेलकुदसँग जोड्ने र खेलाडीहरुबीच भातृत्वको भावना जागृत गराउने मुख्य उद्देश्यले प्रतियोेगिता आयोजना गरेको खेल संयोजक निरजसिंह ठकुरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा ३० वटा टिमको सहभागिता रहेको पनि उहाँले बताउनुभयो । प्रतियोगितामा उपाधि विजेता टिमले ३० हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।