हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टामा ११ जनामा डेंगु पुष्टि भएको छ । डेंगु पुुष्टि हुनेमा ४ जना बागमती गाउँपालिकाका, ३ जना हेटौंडा उपमहानगरपालिकामन, ३ जना बकैया गाउँपालिकाका र एकजना अन्य जिल्लाका रहेका छन् ।
मकवानपुरमा साउन १ देखि बुधबारसम्म ३ सय ९१ जनामा डेंगु देखिएको छ । जसमध्ये हेटौंडाका मात्र २ सय ६३ जना रहेका छन् । हेटौंडा उपमहानगरपालिकाभित्र साउनदेखि १ सय ३० पुरुष र १ सय ३३ महिलामा डेंगु देखिएको मकवानपुर जनस्वास्थ्यका डेंगु फोकल पर्सन नवदीप सिलवालले जानकारी दिनुभयो ।
हालसम्म थाहा नगरपालिकाका १, मकवानपुरगढी गाउँपालिकाका ९, बागमती गाउँपालिकाका २०, मनहरी गाउँपालिकाका ३१, इन्द्रसरोवर गाउँपालिकाका १, भीमफेदी गाउँपालिकाका १०, बकैया गाउँपालिकाका १२ र राक्सिराङ गाउँपालिकाका १ जनामा डेंगु संक्रमण पुष्टि भएको तथ्याङ्क छ ।











