सरसफाई पछि खिचाईएको सामुहि तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा बजार आसपास क्षेत्रमा युवाहरुले सरसफाई गरेका छन् । मंगबालर ग्लोबल युथ इन्टरप्रेनर्स ट्रेनिङ्ग ईन्स्टिच्युट प्रालिमा आबद्व युवाहरुले सरसफाई गरेका हुन् ।

हाम्रो फोहोर हाम्रो दायित्व भन्दै हेटौंडा उपमहानगरपालिका–१०, रुद्रपथस्थित कार्यालय परिसरबाट सरसफाई सुरु गरिएको थियो । आपसी टोल विकास संस्थादेखि सोलिड्यारिटी बोर्डिङ स्कूल सडक हुँदै बाइपाससँग जोडिएको पूर्वपश्चिम सडकखण्डका क्षेत्रहरुमा सरसफाई गरिएको हो ।

हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडाध्यक्ष लामाले युवाहरु सामाजिक कार्यमा लागेको भन्दै प्रशंसा गर्नुभयो । देश विकासको हतियार युवाहरु भएकाले समाज परिवर्तनमा निरन्तरता दिन आग्रह गर्नुभयो । १० नम्बर वडाले सरसफाईसम्बन्धी कार्यक्रम तथा योजनाहरु पारित गरेको बताउनुहुँदै उक्त अभियानमा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।