सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे ।
तापत्रय विनाशाय श्रीकृष्णाय क्य नुमः ।।
श्री अक्षरातीत दिव्यपरमधामवार अवतीर्ण ब्रह्मवासना गोपीहरूमा धामधनी मिलनको आशा अत्यन्त बढेर गएको थियो । उनीहरुको एक मात्र आन्तरिक इच्छा आकांक्षा प्रेमपूर्ण दृष्टि आत्माका धनी श्री राजश्यामा अक्षरातीत परमात्मामा रह्यो । यता संसारमा र सृष्टिमा के कस्ता घटनाहरू हुँदै थियो भन्ने कुरालाई बुझौं । चतुर्मुखी ब्रह्माको १०० वर्षको आयुमा आधा ५० वर्ष पूरा गरी ५१औं वर्षमा प्रवेश गरी सक्नुभएको छ । एकाउन्न वर्षको पहिलो दिन अथवा पहिलो कल्पका चौध मनुहरु मध्ये ६ मनुले आफ्नो कार्यकाल पूरा गरिसक्नु भएको छ । वर्तमान सातमा वैवस्वत मनुको पालो समय चलिरहेको छ । सातमा मनुले आफ्नो ७१ चतुर्युगको पालोमा २७ चतुर्युग पूरा गरी २८औं चतुर्युग भोग्दै हुनुहुन्छ । वर्तमानमा द्वापरयुग चलिरहेको छ ।

यस समयमा भारतवर्षको मथुरा क्षेत्रमा “भोजवंशीय” राजा उग्रसेन राज्य गर्दथे । राजा उदोसेन अत्यन्त प्रजावस्सल, न्यायप्रेमी र धार्मिक राजा थिए । तर उनको छोरो “कंश युवराजधिराज” “अत्यन्त क्रूर अत्याचारी राक्षसी स्वभावका थिए । त्यस समयमा कंशले आफ्नो पितालाई जेलमा हालिदियो । आफैं महाराजधिराज भई राजसिंहासनमा बस्यो । आफ्नो राक्षसी शक्तिले गर्दा उसले सबै पृथ्वीमा विजय प्राप्त गरी स्वर्ग पनि विजय गर्यो । अब अत्याचार राजा कंशको अति अत्याचारले पृथ्वी माता डरले काम्न थाली त्रहीमाम भईन् । आफ्नो सुरक्षाका लागि पृथ्वीमाता त्रिदेवाको सामुने पुगिन् र भन्न लागिन् पृथ्वीको रक्षा गर्नु पर्यो । तर अत्याचारी कंशको अत्याचारबार पृथ्वीमाताको रक्षा गर्ने शक्ति त्रिदेवताको नभएको हुँदा उहाँहरूको संयुक्त अभियानमा पृथ्वीसहित त्रिदेशहरू गोलोकाधीश भगवान श्रीकृष्णको सामिप्य गई पृथ्वीमातालाई “कंश” को अत्याचारबाट मुक्त गराउन अर्जी प्रार्थना गर्नुहुन्छ । उहाँहरूको प्रार्थना स्वीकार गर्दै भगवान गोलोकाधीश श्री कृष्णले भगवान बैकुण्ठधारी विष्णुलाई आफ्नो सवारी संसारमा हुँदा व्यवस्था मिलाउने चाँजो तथा कामको जिम्मेवारी दिएर पठाउनु हुन्छ ।

गोलोकाधीश भगवानको आज्ञालाई रमा वैकुण्ठाधीश भगवान विष्णुले स्वीकार गर्नु हुन्छ । जगत्मा आएर गोलोकाधीश भगवानको काम कार्य अगाडि बढाउन तथा कार्य गराउन भगवान विष्णुले कार्य प्रारम्भ गर्नु हुन्छ । भगवान विष्णुको प्रेरणाले राजकुमार वासुदेवसँग कशंले आफ्नो वहिनीको शुभ विवाह वडो धूमधामसँग गरी दिन्छन् । बहिनी–ज्वाईलाई केशले आफ्नै रथमा राखी रथ हाँकेर लिएर जान्छन् । बाटोमा आकाशवाणी हुन्छ की “हे कंश ! तँ जसलाई यति प्रेमगरी थर पुर्याउन गइरहेको छस् । त्यसकै “आठमा गर्भ” बाट जन्मेको बालकबाट तेरो विनास हुने छ हा हा हा हा हा । यस्तो भयङ्कर आवाज सुनेर कंश तुरुन्त बहिनी देवकीको घिच्रो छिनाउन तरबारलाई तयार हुन्छ । यस बखत ज्वाई साहेब सत्वादी वसुदेवले प्रार्थना गरी अत्याचारी कंशको हातबाट आफ्नी पत्नि देवकीको ज्यान जोगाउनु हुन्छ । कंशले बैनी ज्वाई दुवैलाई आफ्नो जेलमा राख्ने जति सन्तान जन्मिन्छन् ति सबैलाई मार्ने निर्णय गरी दुवै देवकी र वासुदेवलाई वडा सुरक्षाका साथ जेलखाना बन्द गरिदियो ।

अब देवकीबाट जन्मेका सन्तान कंशले मार्न लाग्यो । क्रमशः देवकीका छ वटा छोराहरू त्यस अत्याचारीले मा¥यो । सातमा गर्भको बालकलाई भगवान विष्णुको आज्ञा अनुसार योगमायाले आकर्षण गरी वसुदेवकी अर्को पत्नि रोहिणीको गर्भमा स्थापना गरिदिन र रोहिणीको गर्भबाट “बलराम” नामबाट त्यो शक्तिले जन्म लियो । यस्तो प्रकारले धेरै समयदेखि वासुदेव देवकी अत्यचारी कंशका बन्धनमा थिए । अब देवकीको आठम गर्भमा कुण्ठाधीश विष्णु भगवानले प्रवेश गर्नु हुन्छ । समयावधि महिना पूरा भएपछि भगवान विष्णु चतुर्भुजी प्रकट हुनुहुन्छ अर्थात् कारागारमा जन्मिनु हुन्छ ।

निशीथे तमद्भूते जायमाने जनार्दन । देवक्यां देवरूपिण्यां विष्णुः सर्वगुहाशय ।।
भदौ महिनाको कृष्णपक्ष अष्टमीको अन्धकारमय रात्रीमा देवीरूपी देवकीको गर्वबाट “जनाद्र्धन भगवान” पूर्व दिशाबाट १६ कला सहितको चन्द्रमा उदाए भै उदाएर जन्मनु भयो ।
सुरत विष्णुकी चत्रभुज जोए, दियो दरसन वसुदेवको सोए ।
पीछे फिरे कही के हकीकत, अन दोए भुजा की कहूँ विगत ज्ञज्ञ,
“श्री तारतम सागर”

देवकीको गर्भबाट जन्मेका भगवान विष्णुले चतुर्भुजमा, शंख–चक्र गदा, पद्म धारण गरी ७–८ वर्षको उमेरको बालक जत्रो शरीर लिएर वासुदेव देवकीलाई दर्शन दिनुभयो । यस बखत मातापिता र पुत्रमा निकै लामो वार्तालाप (कुराकानी) भयो । जस्तैः– पूर्वजन्ममा ‘सुतपा र पृथ्वीलाई “वरदान” दिएको र कशंको अत्याचारको मेटाउन, आउने भविष्यवाणी अनुसार आउनुभयो । भगवानले आफ्ना पिता वासुदेवलाई भन्नुभयो हे पिताजी ! अब अरु कुरा छोड्नुहोस् र अगाडि कुरा सुन्नुहोस् ।

हे पिताजी ! अब केही क्षणमै यहाँ तपाईहरुको सामने मेरा मालिक गोलोकाधीश भगवान “श्रीकृष्ण” आकाशी मार्गबाट तपाई सामने “सत्तजातः” भर्खरै मात्र जन्मिएको जस्तो रूपमा द्वीभुजी बालक यहाँ प्रकट हुनेछन् । ती बालकलाई गोकुलमा नन्दजीको घरमा पुर्याउने छौं र माता यशोदाको पलंगमा राख्ने छौं । अनि माता यशोदाको कोखबाट भर्खरै जन्म धारण गरेकी कन्या मेरी योगमायालाई लिएर यसै आसनमा आउनु होला । भने अनुसार उहाँले काम कार्य पूरा गरी कंश कारागारमा आउनुभयो । हे भक्तवृन्द ! भगवान विष्णुले आफ्नो पुरानो वरदान र गोलोकाधीशको सवारीको व्यवस्थापनको केही भागको आफ्नो काम गरी पहिलो चरण पुरागरी आफ्नो धाममा वा देशमा फर्किनु भयो ।
हे भक्तवृन्द ! अब दोभुजी स्वरूप आउने कारण लेख्दछु सो कुरा पढ्नुहोस् सुन्नुहोस् । एक कारण कंशको उद्दारका लागि गोलोकाधीय श्रीकृष्णले आउनुपर्ने थियो ।

दोस्रोः दिव्यपरमधामका ब्रहम आत्माहरू जो “गोपी” भएर बज्रमण्डलमा अवतरित भइसकेका छन् । उनीहरूको चाहना पूरा गरी दिनुपर्ने भएकोले परव्रहम परमात्माले यस धराधाममा “अवतरित” हुनुपर्ने साथै अक्षरब्रहमको परमधामको प्रेमलीला हेर्ने इच्छा पनि श्री राज्जीले यिनै मायावी ब्रहमाण्डमा नै पूरा गरी दिनुपर्ने हुँदा श्रीराज्जीमहाराजलाई पनि यस संसारमा अउनु पर्यो ।

गोलोकाधीशले कंशकोे उद्दार गर्नुपर्ने हुँदा कंशको जेल मै अवतीर्ण हुनुहुन्छ । गोकुलमा अवतीर्ण भएका गोपीहरूको इच्छा पूरा गर्न पूर्णब्रहन श्री अक्षरातीतलाई गोकुललाई नै रोज्नु पर्यो । हे आत्मीय वन्धु हेभक्तवृन्द ! यसकारण गोलोकी कृष्ण द्वीभुजी नीलकमल जस्तो सुन्दर रूपमा केशको जेलमा वसुदेव देवकीलाई प्रकाशपुञ्जले चकित पार्दै आकाशी मार्गबाट आई माता देवकीको काखमा प्राप्त हुन्छ । यसरी आकाशीमार्गबाट आएपछि वासुदेवलाई भगवान विष्णुको याद आउँछ । उहाँ बालक उठाउन चाहँदा नै हतकडीका कडीहरू आफैं छुट्छन् । पाले–पहराहरु मस्त निद्रामा पर्दछन् । ढोकाहरू आफैं खुल्दछन् । वासुदेव बालक लिएर गोकुलतिर जानुहुन्छ । आकाशी विद्युतले बाटो देखाउँछ । भगवान शेषशायी छाता बनिदिनु हुन्छ । वासुदेव सजिलोसँग तुरुन्तै गोकुल नन्दजीको घरको अगाडि पुग्नुहुन्छ ।

अक्षर भगवानको मूल सुर्ता जुन सूर्ताले दिष्प परमधामको प्रेमानन्द लिला हेर्न चाहेको थियौ त्यो “सुरत” अक्षरातीत पूर्ण ब्रह्म परमात्माको “आवेश”, शक्तिले मुक्त भएर ठीक राती १२ बजेको समयमा वासुदेवजीले नन्दजीको घरको मूलढोकाबाट “गोलोकी बालक” लाई लिएर भित्र प्रवेश गर्न हुन्छ । मथुराको जेलमा अवतरित भएको बालक गोलोकी हुनुहुन्छ त्यति नै बेला त्यो “सुरत” गोलोकी बालकमा प्रवेश हुन्छ । मथुराबाट गोकुल आउँदासम्म गोलोकी नै थिए । नन्द घरमा प्रवेश गर्दा पूर्ण ब्रहम परमात्मा अक्षरातीत धामघनी श्रीराज्जीको आवेशयुक्त पूर्ण–वृहत भएर प्रवेश गर्नु हुन्छ ।

गोकुलमा नन्दजीको घरमा माता यशोदाजीको कोखवाट जन्म धारण गरेकी कन्या योगमायालाई लिएर कंश कारागारमा आउनुहुन्छ । सबै पाले पहराहरू बिउँझिन्छन्, वासुदेवजीलाई हत्कडी आफैं लाग्दछ । उहाँ पुनः जेल पर्नु हुन्छ । यता कंश महाराजलाई समाचार पुग्दछ की देवकीको आठौँ गर्भबाट बालिकाको जन्म भयो । अनी कंश आई बालिकाको वध गर्न लाग्दा सो बालिका योगमायाको शक्ति भएको हुँदा आकाशमा पुगी हे कंश मलाई के मार्न खोज्छस् तेरो काल गोकुलमा गइसक्यो भनी सबैको योगमाया शक्तिले बताएपछि कंश चिन्तामा पर्दछन् । यस बखत कंशको बहिनीे पुतना आउँन्छिन् र भन्छिन् दाजु त्यो बालकलाई मेरो स्तनमा विष दलेर स्तनपान गराई मारेर आउँछु भनी बहिनी पुतना स्तनपान गराउन गोकुल गई स्तनपान श्रीकृष्णलाई गराउँदा पुतनाको प्राण अन्त्य हुन्छ ।
आज बधाई बज घर–घर प्रकटे श्री बन्दकुमार । “ब्रहमवाणी”

यसरी अवतीर्ण भएका पूर्णब्रह्मको प्राकटप महोत्सव गोकुल नन्द घरमा बढी धूमधामसँग मनाइन्छ ।
पूर्णब्रह्म परमात्माले “नन्दपुत्र” श्री कृष्ण रूपमा ११ वर्ष ५२ दिनसम्म गोकुलमा रहेर विविध लीलाहरू गर्नुभयो । जस्तैः– पुतनावध, संकटासुर, त्रिणावर्त, अधासुर, वकासुर आदी असुर उद्दार गर्नुभयो । माखन चोरी लीला, दाणलीला र समय एवम् मौकाअनुसार यौवन लीलाहरू गरी भगवान अक्षरको बाललीला, परम धामका ब्रह्मात्मा ब्रह्मसृष्टि गोपीहरू देखाई आनन्दित गराउनु भयो । जसमा वस्त्र हरण, बाच्छा हरण, गोवर्धन धारण, कालीमदयन, मोतीको खेती आदी लीलाहरू प्रख्यात छन् । यस समयमा व्रजवासी गोप गोपीएसले जुन सुख, सन्तोष र आनन्द प्राप्त गरे, त्यो लीला अवर्णनीय छ । अब हेर्नुहोस संगत कुमार संहितामा यस प्रकार वर्णन गरिएको
साक्षत कृष्ण ब्रजे नित्यं शंशे नैव विहारिणः ।
तस्यां सोहि माथुरायां वासुदेवो जगतगुरु ।।
कंश जंघाना वासुदेव श्रीकृष्ण जन्दसुर्नतु ।
द्वारिकायां तर्दशोस्ति विष्णुविय यत्प्रभु ।।
(सनतकुमार संहिता)

आदरणीय भक्तजन आऔं हातमा हात र काँधमा काँध मिलाएर स्वसिद्धान्त दिगन्त प्रसारित गरौं । फूटेर होइन जुटेर अनेकतामा होइन एकतामा रहेर श्रीमन्न निजानन्द संप्रदाय श्रीकृष्ण प्रणामी धर्मको “स्वलीलाद्वैत” सिद्धान्तद्वारा सम्पूर्ण जनमानसको भावना समेटेर सबैमा मैत्रीभाव, सद्भाव राख्दै महामति श्री प्राणनाथज्यूको आकाश भन्दा फराकिलो, समुन्द्र भन्दा गहिरो विश्वबन्धुत्वको भव्य भावनालाई आत्मासात गरौं, साक्षात्कार पारौ भन्ने शुभावाना प्रकट गर्दै श्रीकृष्ण प्राकट्य महोत्सव २०७४ को पावन अवसरमा सबै विश्वका मानवहरुलाई हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु । प्रणाम

हेटौँडा–१६, हटिया