हेटौँडाः मकवानपुर जिल्लाका ३४ वटा लायन्स क्लबहरुको एकसाथ पदस्थापन कार्यक्रम भएको छ । शनिबार हेटौँडामा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा ३२ वटा क्लबको नयाँ समिति र २ वटा नयाँ क्लब गरी ३४ वटा क्लबको संयुक्त पदस्थापन कार्यक्रम भएको हो ।
अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्थाको रुपमा स्थापित लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर डीएन अग्रवालको पनि आतिथ्य रहेको थियो । लायन्स क्लबले समुदायमा विविध सामाजिक क्रियाकलाप गर्दै आएको छ ।