हेटौँडाः हेटौंडा –४ स्थित नवोदय शिशु सदन इंग्लिस सेकेण्डरी स्कुलको आयोजना तथा विद्यार्थीको सक्रियतामा नमूना संयुक्त राष्ट्रसंघीय महासभा सुरु भएको आज बिहान एक समारोहबीच नमूना महासभाको उद्घाटन कार्यक्रम भएको छ ।
नमूना महासभाका महासचिव रायन खनालको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा नमूना महासभा राष्ट्रसंघ मातहतका विभिन्न समितिले महासभामा प्रस्तुत गरिने मुद्दाका बारेमा जानकारी गराए । नमूना महासभामा हेटौंडाको कमाने एकेडेमी, मकवानपुर बालविद्या सदनसहित रुपन्देही, नवलपरासी र चितवनका विद्यार्थीको पनि सहभागिता रहेको छ। शनिबारसम्म सञ्चालन हुने नमूना महासभामा नेपालको प्रतिनिधिसभाको बैठकका विषयमा पनि विद्यार्थीले अभ्यास गर्नेछन् ।