गुगल तस्बिर ।

हेटौंडाः २४ घण्टाको अवधिमा मकवानपुरमा १४ जनामा डेङ्गु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका स्वास्थ्य अधिकारी नवदीप सिलवालका अनुसार बुधबार दिउँसो प्राप्त विवरणका आधारमा डेङ्गु पुष्टि हुनेमा ७ जना बागमती गाउँपालिकाका, ५ जना हेटौंडा उपमहानगरपालिकाका र एक जना बकैया गाउँपालिकाका रहेका छन् ।

जिल्लाभर साउन महिनायता २ सय २० जनामा डेङ्गु पुष्टि भएको छ । यस्तै, १ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि हुनेमध्ये १ सय ५६ जना हेटौँडाका छन् । हेटौँडाका ७५ पुरुष र ८१ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, हेटौँडा अस्पतालमा डेङ्गु जाँच गराएका ८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । जाँच गराएका ४९ जनामध्ये ८ जनामा डेङ्गु संक्रमण पाइएको हो । ४ महिला र ४ पुरुषमा डेङ्गु संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।