बुधबार उद्घाटन गरिएको प्रहरी चौकी भवन ।

हेटौँडाः हेटौँडा–१८, ठूलोदमारस्थित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । बुधबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भवनको उद्घाटन गर्नुभयो । २ करोड ३५ लाख ८६ हजार रुपैयाँ लागतमा प्रहरी चौकी भवन निर्माण भएको हो ।

शिलापत्र अनावरण गरी प्रहरी चौकी भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।

प्रहरी चौकी भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको पनि उपस्थिति रहेको थियो ।