गुगल तस्बिर ।

हेटौँडाः हेटौँडामा डेङ्गुको लहर बढेको छ । यो वर्षकै सबैभन्दा बढि संख्यामा सोमबार डेङ्गु संक्रमित पाइएको छ । सोमबार दिउँसो स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार २४ जनामा डेङ्गु पुष्टि भएको छ ।

डेङ्गु पुुष्टि हुनेमा हेटौँडा उपमहानगरपालिका भित्रका २३ जना रहेका छन् । यस्तै, भीमफेदी गाउँपालिकाका १ जनामा पनि डेङ्गु संक्रमण पुष्टि भएको छ । मकवानपुरमा साउन महिनामा सोमबारसम्म १ सय ९७ जनामा डेङ्गु देखिएको छ । जसमध्ये हेटौँडाका मात्र १ सय ४५ जना रहेका छन् ।

हेटौँडा उपमहानगरपालिकाभित्र साउन महिनामा ६७ पुरुष र ७८ महिलामा डेङ्गु देखिएको स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो । मकवानपुरमा सोमबारसम्म डेङ्गुका कारण एकजनाको मृत्यु पनि भएको छ ।