हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टामा ६ जनामा डेंगु पुष्टि भएको छ । डेंगु हुने ६ जना नै हेटौंडा उपमहानगरपालिकाभित्रका बासिन्दा रहेका छन् ।
मकवानपुरमा साउन महिनाभित्र १ सय ६३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु पुष्टि भएकामध्ये १ सय १५ जना हेटौंडा उपमहानगरपालिकाभित्रका छन् । मकवानपुरमा डेंगु संक्रमित हुनेमध्ये ७० प्रतिशतभन्दा बढी हेटौंडाका रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाभित्र साउन महिनामा ५६ जना पुरुष र ५९ जना महिलामा डेंगु देखिएको जनस्वास्थ्य निर्देशनालयका सार्वजनिक स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो ।
यस्तै, हेटौंडा अस्पतालमा बिहीबार ३६ जनाले डेंगु जा“च गराएका छन् । जा“च गराएका ३६ जनामध्ये २ जनामा डेंगु देखिएको छ । २ महिलामा डेंगु देखिएकोे हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले जानकारी दिनुभयो ।