सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१५, फायरलाइनका २९ वर्षीय विज्ञान लामा रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ११ बजेको समयमा हेटौंडा–१५, म्याजिक चोकमा सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लामालाई सरक्षाजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ४ सय ९० मिलीग्राम फेला पारेको थियो । प्रहरीले उनको साथबाट गाँजा ७० ग्रामसहित १६ हजार ५ सय रुपैयाँ रकम पनि बरामद गरेको छ ।