हेटौँडाः करेन्ट लागेर हेटौंडामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–३, लेवट जम्मुका ३२ वर्षीय अशोक स्याङ्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
बुधबार साँझ ५ बजेको समयमा खेतमा पानी लगाउने क्रममा स्याङ्तानलाई पानी तान्ने मेसिनबाट अचानक करेन्ट लागेको थियो । करेन्ट लागेका स्याङ्तानलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा बुधबार साँझ ५ बजेर २५ मिनेटको समयमा मृत्यु भएको हो । स्याङ्तानको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।