हेटौंडाः मकवानपुरमा पछिलो २४ घण्टामा ४ जनामा डेंगु पुष्टि भएको छ । डेंगु पुुष्टि हुनेमा ३ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने एक जना भीमफेदी गाउँपालिकाका रहेका छन् ।
मकवानपुरमा साउन १ देखि सोमबारसम्म १ सय १९ जनामा डेंगु देखिएको छ । जसमध्ये हेटौंडाका मात्र ७३ जना रहेका छन् । हेटौंडा उपमहानगरपालिकाभित्र साउन महिनामा ४१ पुरुष र ३२ महिलामा डेंगु देखिएको स्वास्थ्य अधिकारी नवदीप सिलवालले जानकारी दिनुभयो ।
यस्तै, हेटौंडा अस्पतालमा पछिलो २४ घण्टामा ९९ जनाले डेंगु जाँच गराएका छन् । डेंगु जाँच गराएका ९९ जनामध्ये ४ जनामा डेंगु देखिएको हो । अस्पतालमा ४ जना पुरुषमा डेंगु संक्रमण पुष्टि भएको हेटौंडा अस्पतालका प्रयोगशाला प्राविधिक राजकुमार शर्माले बताउनुभयो ।