हेटौँडाः सामुदायिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरुको संस्था पब्लिक क्याम्पस प्राध्यापक संघको बागमती प्रदेश भेला शनिबार हेटौँडामा भएको छ । भेलाबाट मकवानपुर बहुमुखी क्याप्पसका उपप्राध्यापक गौतम केसीको संयोजकत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।
प्रदेश समितिको सह–संयोजकमा रामनाथ पाठक (धादिङ), सचिवमा गोविन्द पोखरेल (मकवानपुर) र कोषाध्यक्षमा संगीता थापा (काठमाडौं) चयन हुनुभएको छ । यस्तै सदस्यमा नारायणप्रसाद रेग्मी (चितवन), खिलप्रसाद बराल (मकवानपुर), बलराम पौडेल (नुवाकोट), बाबुराम अर्याल (ललितपुर) र लक्ष्मण आयु (सिन्धुली) सर्वसम्मत चयन हुनुभएको छ ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले भेलाको उद्घाटन गर्नुहुँदै पब्लिक क्याम्पस र पब्लिक क्याम्पसका प्राध्यापकहरुको समस्याबारे आफु जानकार रहेको जनाउनु हुँदै आफुले सक्दो सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भेला पब्लिक क्याम्पस प्राध्यापक संघ प्रदेश समितिका अध्यक्ष नरेन्द्रप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा ५२ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।