हेटौँडाः मुक्तक मञ्च मकवानपुरको ११औँ विशेष शृङ्खलामा मुक्तककारद्वय सानु खनाल र मिथिला अधिकारीले मुक्तक वाचन गर्नुभएको छ । साहित्य संगम/सिस्नुपानी नेपालको भवनमा शनिबार सानु र मिथिलाले आफ्ना दस/दस वटा मुक्तकहरू वाचन गर्नुभएको थियो ।
स्थानीय मुक्तककारहरू हेमन्त ढुङ्गेल, ओमभक्त भण्डारी, समीर पाख्रिन, देवराज तिवारी, सुवास सजल, केशव समर्पण, चिरञ्जीवी लामिछाने, रजनी पौडेल, वैकुण्ठ लामिछाने, सागर तिमल्सिनाले आफ्ना दुई/दुई मुक्तक वाचन गरेर मुक्तक वाचनको रौनकलाई थप आकर्षक बनाउनु भएको थियो । तुलसी घिमिरेको प्रमुख आतिथ्य रहेको कार्यक्रमको सभाध्यक्ष मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले गर्नुभएको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मुक्तक गहकिलो विधा भएको र बिन्दुमा सिन्धु अटाउने अनुभूति ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।