बुद्धचोकमा सचेतनामूलक प्लेकार्डसहित प्रदर्शनमा बसेका औषधी व्यवसायीहरु ।

हेटौँडाः औषधी व्यवसायी संघ मकवानपुरले आँखा पाक्ने समस्या र डेंगु संक्रमणको विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ । बिहिबार साँझ हेटौँडाको बुद्धचोकमा व्यवसायीले प्लेकार्ड बोकेर सर्वसाधारणलाई सचेत गराएको छ ।

औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले आँखा पाक्ने समस्या र डेंगु महामारीको रुपमा फैलिरहेको र त्यसबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । संघका पदाधिकारीको एक समूहले सचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका हुन् ।