हेटौँडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले एक वर्षमा साढे ३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा ४७ हजार ८ सय ९९ सवारी कारबाहीबाट ३ करोड ६९ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा मकवानपुर ट्राफिक प्रहरीले संकलन गरेको यो राजस्व आर्थिक वर्ष २०७८/७९ को भन्दा एक करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०७८/७९ मा मकवानपुर ट्राफिक प्रहरीले ३० हजार ३ सय २७ सवारी साधन कारबाहीबाट २ करोड ३६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै आर्थिक वर्ष २०७७/७८ मा २९ हजार २ सय ५० सवारी कारबाहीबाट २ करोड ४५ लाख ८८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्ष २०७९/८० को साउन महिनामा २४ लाख ६ हजार रुपैयाँ, भदौमा २५ लाख ४९ हजार रुपैयाँ, असोजमा २५ लाख ५७ हजाररुपैयाँ, कार्तिकमा २९ लाख ७५ हजार रुपैयाँ, मंसिरमा २२ लाख ५२ हजार रुपैयाँ र पुसमा २९ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै माघमा ३० लाख ४७ हजार रुपैयाँ, फागुनमा २७ लाख ९९ हजार रुपैयाँ, चैतमा ३० लाख ९४ हजार रुपैयाँ, बैशाखमा ३७ लाख ७८ हजार रुपैयाँ, जेठमा ४० लाख ४७ हजार रुपैयाँ र असारमा ४५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी १३ हजार ३ सय २७ मोटरसाइकललाई कारबाही गरेर ९७ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै ९ हजार ३ सय ९ ट्रकलाई कारबाही गरेर ८१ लाख ५७ हजार रुपैयाँ, १० हजार १ सय २ कार तथा जीपलाई कारबाही गरेर ७६ लाख ८४ हजार रुपैयाँ, ८ हजार १ सय १४ तीन पाँग्रे सवारी साधन (अटो–मयुरी) लाई कारबाही गरेर ५८ लाख ७ हजार रुपैयाँ र ५ हजार ३ सय ९३ बसलाई कारबाही गरेर ४३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ