हेटौँडाः राष्ट्रिय टिम तयारीका लागि यु–१६ फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत् प्रदेश छनौटबाट मकवानपुरका १२ जना खेलाडी छनौट भएका छन् । बागमती प्रदेश फुटबल संघको आयोजनामा बुधबार र बिहिबार एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको छनौटबाट मककवानपुरका १२ जना खेलाडी छानिएको हो ।
छनौट हुनेमा पवन दलार्मी, उप्रान्त आले, लिसन गुरुङ, रिजन जिसी, असन प्रजा, प्रमित खत्री, रोशन गोले, प्रनिश भण्डारी, अमित स्याङ्तन, आरोन गुरुङ, रवी थिङ र विकल राना मगर रहेका छन् । छनौट भएका १२ जनाले आगामी मंगलबारदेखि शनिबारसम्म हुने राष्ट्रिय छनौटमा सहभागि जनाउने मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभयो । मकवानपुरबाट २७ जनाले प्रदेश छनौटमा सहभागि जनाएका थिए ।
यु–१६ राष्ट्रिय टिमले दक्षिण एसियाली यु–१६ फुटबल प्रतियोगितामा सहभागिता जनाउने छ । यु–१६ फुटबल प्रतियोगिता आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजना हुँदैछ ।