हेटौँडाः हेटौँडा–१५, स्थित रातोमाटे चेकपोष्टबाट अबैध सामान र लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ट्याङ्कर चालक हेटौँडा–१ बस्ने ४९ वर्षीय शंकर अधिकारी, ट्याङ्कर सवार बारा जिल्ला निजगढ नगरपालिका–५ बस्ने ३२ वर्षीया कुमारी माया बल र मकवानपुर कैलाश गाउँपालिका–४ बस्ने २२ वर्षीय रबि लोप्चन रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार साँझ ७ बजेर १० मिनेटको समयमा भारत बाट काठमाण्डौ तर्फ जादै आउदै गरेको ना ५ ख ५५३ नम्बरको हवाइ ईन्धन बोकेको तेल ट्याङ्करलाई सुरक्षाजाँच गर्दा ट्याङ्करको क्याविनमा लुकाई छिपाई ल्याएको १ लाख ७१ हजार ९ सय ५० रुपैयाँ बराबरको सामानहरु फेला पारेको थियो । प्रहरीले ट्याङ्करबाट अवैध सामान डिसी कम्पनिको सर्टको कपडा २२ बन्डल, थानको कपडा ९ थान (२११ मिटर), कुर्ता ÷टप्स ४८ पिस, कुर्ता सुरुवाल सेट ३४ पिस, सेल्फ सुईच ८ थान, तामाको बोल्ट ७ थान, एपीएक्स ४ थान, नट बोल्ट सानो १ प्याकेट, नट बोल्ट ठुलो १ प्याकेट, वन अटो पार्ट ५ थान, लुकार टिभिएस ४ थान, पिन १० थान, ८० एम्पियरको २ थान ट्रकको ब्याट्री र लागुऔषध ओनरेक्स १४ बोतल (प्रति बोतल) फेला पारेको प्रहरीले जानकारी दिएको छ । अबैध सामान र लागुऔषध सहित ३ नै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको प्रहरीले जानकारी दिएको छ ।