कार्यक्रम क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १७ औं जिल्ला परिषद् शनिबार हेटौंडामा सम्पन्न भएको छ । संगठनको राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य लक्ष्मी गजुरेलको विशेष आतिथ्य रहेको कार्यक्रमलाई जिल्ला अध्यक्ष श्रीराम दाहालले अध्यक्षता गर्नुभएको हो ।

परिषद्कै अवसरमा सेवा निवृत्त शिक्षकलााई सम्मान गरिएको छ भने नवप्रवेशी शिक्षकलाई स्वागत गरिएको छ । २०७९ मा उत्कृष्ठ गतिविधि गर्ने संगठनको भीमफेदी पालिका समितिलाई नगद ५ हजारसहित सम्मान गरिएको छ । कार्यक्रम सञ्चालकसमेत रहेका जिल्ला सचिव मुकुन्द न्यौपानेले संगठनको वार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष भावना सापकोटाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले शिक्षकको पेशागत सवालमा उठेका समसामयिक मुद्दामाथि सरकारसँग भइरहेका छलफलहरु र संघीय शिक्षा ऐनबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा उहाँले सहभागीबाट उठेका जिज्ञासाका बारेमा पनि प्रष्ट्याउनुभएको थियो । विशेष अतिथि गजुरेलले मकवानपुर संगठनको जननी जिल्लासमेत भएको हुनाले यो जिल्लाले त्यसको गरिमा कायम राख्न कतैपनि चुक्न नहुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पेशागत महासंघका केन्द्रीय सदस्य माया पौडेल, पूर्वकेन्द्रीय सदस्य पद्मा पौडेल, निवृत्त शिक्षक समाज केन्द्रीय सचिव अभिमन्यू गौतम, संगठन बागमती प्रदेश सचिवालय सदस्य पूर्ण पुरी, सदस्य सुनिल गौतम, शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकाल, सहसचिव सागर खतिवडा, संगठन आवद्ध देवकृष्ण पण्डित, खड्ग पुलामी, अर्जुन पोखरेललगायतको आतिथ्य रहेको थियो । त्यस्तै, जिल्ला उपाध्यक्षद्वय प्रतिमा गौतम एवम् कृष्णप्रसाद पौडेल, शिक्षक सहकारी अध्यक्ष सीताराम दहाल, संगठन जिल्ला सहसचिव चन्द्रादेवी लामा बल, सहकोषाध्यक्ष सविता लामिछाने, सचिवालय सदस्यद्वय डीबी बर्तौला र सूर्य मोक्तान, हेटौंडा नगर इन्चार्जद्वय बालकुमार श्रेष्ठ र नारायण क“डेल, संगठनको नगर अध्यक्ष गोपीरमण प्याकुरेललगायत अन्य पालिकाका अध्यक्ष तथा पदाधिकारी साथै संगठनका आजीवन तथा साधारण सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको कुरा संगठन प्रचार विभाग प्रमुख डीबी बर्तौलाले जानकारी दिनुभयो ।