हेटौँडाः नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–२ भीरकुनेमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सूर्यगढी गाउँपालिका–४ बेलडाँडा बस्ने ७० वर्षीय जितमान तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
तामाङ बुधबार साँझ ५ बजेको समयमा कच्ची सडकमा मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।