गुगल तस्विर ।

हेटौँडाः दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–६ चंखुमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ३३ वर्षीया साम्लेकी शेर्पा रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शेर्पा गत शुक्रबार जंगली च्याउ खाँदा बिरामी भएकी थिईन् । बिरामी शेर्पालाई उपचारका लागि टिचिङ अस्पताल काठमाडौं लगिएकोमा थप उपचारका लागि मंगलबार नेपाल मेडिकल कलेज जोरपाटी लगिएको थियो । उपचारको क्रममा शेर्पाको बुधबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।