हेटौंडाः नेपालमा कोरोना भाइरस संक्रमित ७२ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गदै संक्रमितको संख्या ६७५ पुगेको जनाएको छ । संक्रमित हुनेमा धनुषा जिल्लाका ३ जना, कपिलवस्तु जिल्लाका ३ जना, काठमाडौं जिल्लाका ३ जना, बारा जिल्लाका २३ जना, रौतहट जिल्लाका २६ जना, सप्तरीका २ जना, बर्दियाका १ जना, बाँकेका ४ जना र दैलेखका ७ जना छन् ।