हेटौंडाः नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६०३ पुगेको छ । आज आइतबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या छ सय नाघेको हो ।

आज कोरोना भाइरस संक्रमणको पुष्टि हुनेमा मोरङका १ जना, बाराका १ जना, पर्साका ३ जना, रौतहटका १ जना, सर्लाहीका १ जना, रुपन्देहीका ६ जना, काठमाडौंका १ जना, नुवाकोटका १ जना, कपिलवस्तुका ३ जना र गुल्मीका १ जना छन् । हालसम्म ४२ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज साँझको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

संक्रमित मध्ये ५२४ जना पुरुष तथा ७९ जना महिला छन् । हालसम्म कोरोना संक्रमित ८७ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भइसकेको छ ।