सांकेतिक तस्बिरः गुगल

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५, कान्तिराजपथस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यलयको एटिएममा चोरीको प्रयास भएको छ । गएराति १ बजेको समयमा एटिएम मेसिन तोडफोड गरी पैसा चोरीको प्रयास भएको जिल्ला प्रहरी कार्यालयम मकवानपुरले जनाएको छ ।

एटिएम मेसिनबाट पैसा चोर्न लकहरु तोडफोड गरेको तर पैसा भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । एटिएमसँगै रहेको हाम्रो पुडासैनी सप्लायर्समा रहेको १ थान ल्यापटप र एक थान पानीको फिटर चोरी भएको प्रहरीले जानकारी दिएको छ । पीडत पक्षहरुले चोरी भएको भनि निवेदन दिएको र प्रहरीले अनुसन्धान गरिरहेको छ ।