हेटौँडाः हेटौँडा–१८, दोभानचौरस्थित कमला आधारभूत विद्यालयमा गत शुक्रबार विद्यार्थीको कपाल काट्नुहुँदै शिक्षकहरु । विद्यार्थीको सरसफाईसम्बन्धी क्रियाकलापअन्तर्गत शिक्षकहरुले नै विद्यार्थीको कपाल काटिदिनुभएको हो ।
पछिल्लो समय मकवानपुरका अधिकांश विद्यालयमा शुक्रबारीय क्रियाकलापअन्तर्गत रचनात्मक कार्य गर्ने क्रम बढेको छ । विद्यालयले विद्यार्थीको बौद्धिक एवम् शारीरिक क्षमता विकास हुने किसिमका विविध क्रियाकलाप गर्ने गरेका छन् ।