हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित बंशगोपाल माध्यामिक विद्यालय प्राविधिक शिक्षालयमा नयाँ प्रधानाध्यापक चयन हुनु भएको छ । प्रधानाध्यापकको पदमा बिक्रम चौरेल नियुक्त हुनु भएको हो ।
चौरेल विगत १० वर्षदेखि शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । विद्यालयले शिक्षकहरुसँग प्रधानाध्यापक छनोटका लागि पाँच वर्षे कार्ययोजना माग गरेको थियो । कार्ययोजना पेश गरेपश्चात् विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र समग्र विद्यालयबाट निर्णय भई प्रधानाध्यापकमा चौरेल नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानाध्यापक चौरेलले बंशगोपाल माविलाई गाउँपालिकाकै नमूना विद्यालय बनाउने योजना सुनाउनुभएको छ ।
विद्यालयको शैक्षिक, भौतिक र प्रशासनिक पक्षमा बढी जोड दिने चौरेलले बताउनु भयो । त्यसबाहेक शिक्षकलाई शिक्षण सिकाइ तालिम दिने र बाल अधिकारलाई मनन् गरी कक्षा संचालन गर्ने उहाँले बताउनुभयो । स्थानीय, अभिभावक, शिक्षक र विद्यार्थीको मनोबल कायम राख्ने तथा अभिभावकसँग निरन्तर छलफल र समन्वय गरी अघि बढी विद्यालयलाई उच्चस्थानमा पु¥याउनु नै आफ्नो मुख्य उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।